भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे क्याबिनेट विस्तार, आजै बेलुका शपथ

लोकपथ
1.1k
Shares

काठमाडौं । भारतको केन्द्रीय मन्त्रीमण्डल विस्तार हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेटमा  सहभागी हुने ४३ जना नेतको नाम सार्वजनिक गरेका छन् ।

भारतीय सञ्चार माध्यम आजतकका अनुसार मोदीले आज बेलुका ६ बजे केन्द्रीय मन्त्रीमण्डल बिस्तार गर्न लागेका हुन् । शपथ पनि आज बेलुका नै हुने आजतकले जनाएको छ ।

४३ जनाको उक्त मन्त्री मण्डलमा १० जना मन्त्रीको ‘प्रोमोशन’ गरिएको छ भने, ३३ जना नयाँ नेताहरु रहेका बताइएको छ ।

आज सपथ लिने नयाँ नेताहरुमा नारायण तातू राणे, सर्वानन्द सोनोवाला, डा. विरेन्द्र कुमार, पशुपति कुमार पारस, राज कुमार सिंह, हरदिप सिंह पुरी लगाएतका अन्य नेताहरु रहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?