काठमाडौं । हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या भएको छ ।
पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन्।
सरकारद्वारा जारी विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । यो आक्रमणमा राष्ट्रपति मोइजकी पत्नी पनिलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।
आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया