काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ सांसदहरुलाई कारवाही गर्न नेकपा एमालेले पुनरावेदनका लागि दिएको निवेदन खारेज गरिदिएको छ ।
बुधवार न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमले उक्त निवेदन खारेज गरेको हो ।
गत जेठ २७ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशसभाका ४ सांसदहरुलाई गरिएको कारवाही मान्य नहुने आदेश दिएको थियो ।
त्यसको विरुद्ध गत असार ७ गते एमालेले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो । एमालेले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापामाथि कारबाही गरेको थियो ।
२ जनाको पुनरावलोकन रिट खारेज गरिदिएको छ भने । बाँकी सांसदका विषयमा निर्णयका लागि पनि सांसदद्वयको तामेली पनि निर्णयका लागि पेस गर्न आदेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया