काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटको अन्तिम चरणमा पुगेका बेला पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिक्रिया जनाएका छन् ।
निर्वाचन आयोगमा छलफलको भोलिपल्ट (बिहीवार) डा. भट्टराईले पार्टी एकता र फुटको कुनै फर्मुला नहुने टिप्पणी गरेका छन् ।
पार्टी फुट्ने अवस्थामा पुगेपछि दुख लागेको बताउँदै लक्ष्य र उद्देश्य फरक भएपछि छुट्टिनु नै राम्रो हुने जिकिर गरेका छन् ।
ट्वीट गर्दै उनले भने- “पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न।तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ१मुख्य कुरो कहॉ पुग्ने(लक्ष्य) र कुन बाटो जाने (कार्यदिशा) भन्ने हो ! पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउॅमा बसेर कतै पनि पुगिन्न। बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुॅदा राम्रो !”
जसपा विवाद समाधानका लागि छलफल गर्न मंगलवार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष निर्वाचन आयोग गएका थिए । तर दुवै पक्ष आ-आफ्ना अडानबाट टसमस नभएपछि नेताहरुले मिल्नु भन्दा छुट्टिनु नै वेश भएको बताएका छन् ।
पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न।तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ!मुख्य कुरो कहाॅ पुग्ने(लक्ष्य) र कुन बाटो जाने(कार्यदिशा)भन्ने हो! पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउॅमा बसेर कतै पनि पुगिन्न।बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुॅदा राम्रो!
— Baburam Bhattarai (@brb1954) July 7, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया