कोरोना उपचारका लागि डब्लुएचओले सिफारिस गर्‍यो नयाँ औषधी

लोकपथ
1.3k
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ ।

विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लुएचओले जनाएको छ ।

औषधीसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् ।

डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?