निगमलाई नेपाल सरकारकै स्वामित्वमा राख्नुपर्छ : महाप्रबन्धक पौडेल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्णरुपमा नेपाल सरकारको स्वामित्वमा रहिरहनुपर्छ भन्ने आफूहरुको धारणा रहेको स्पष्ट पारेको छ ।

निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बुधवार जारी गरेको विज्ञप्तिमा निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने कार्य गरेको भन्दै व्यवस्थापनले निगम सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा प्रवन्ध पत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकाले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापनबाट भएको उल्लेख गरिएको छ ।

निगमले कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले गरिरहेको आन्दालनप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ । उनीहरुले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागिएको आरोप पनि लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?