काठमाडौं । नेकपा विभाजनपछि एमालेमा बसेका पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
उनीहरुले माओवादी केन्द्रको महाधिवेशन लामो समय नभएको र सो पार्टीले आफूहरुलाई गरेको कारवाही वैधानिक नहुने उनीहरुको जिकिर रहेको छ ।
आज आयोग पुगेर नेताहरुले आफूहरुलाई गरिएको कारवाही खारेजीको माग गरेका छन् ।
माओवादी केन्द्रले २०६९ सालदेखि महाधिवेशन नगरेको अवैध कमिटीले निर्वाचित जनप्रतिनिधिलाई कारवाही गर्न नहुने आयोग पुगेका नेता रामचन्द्र मण्डलले जानकारी दिए ।
पार्टी विभाजनपछि एमालेमा नै बसेका पूर्व माओवादी नेताहरु लेखराज भट्ट, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी लगायतलाई माओवादी केन्द्रले कारवाही गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया