जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक दोस्रोपटक स्थगित भएको छ । बुधवार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
“असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ ।” बैठक स्थगित गरिएको सूचनामा भनिएको छ । सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रस्तुत गरेका थिए । सोही दिन सदनमै सभामुख सरोज यादवले अगामी बैठक असार १५ दिनको १ बजे बस्ने बताए । तर अन्तिम समयमा आएर बैठक स्थगित गरेका प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।
स्रोतका अनुसार बैठक स्थगित गर्नुको अर्को कारण सांसदहरुले संसद क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमति जुट्न नसक्नु पनि हो । यस विषयमा सरकारले नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुसँग पटक–पटक छलफल गरे पनि सहमति नजुटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया