कोभिड अपडेट : दक्षिण कोरियामा बढ्न थाले संक्रमित, अर्को वेभको त्रास

लोकपथ
308
Shares

दक्षिण कोरिया । दक्षिण कोरियामा कोभिड-१९ का संक्रमितहरु फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र कोभिडका संक्रमितहरु बढेका बुधवार स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

त्यहाँ केही दिनयता कोभिडका संक्रमितहरु बढ्न थालेपछि कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुदै छ । यही विदाको पूर्व सन्ध्यामा त्यहाँ कोभिडका संक्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार त्यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना संक्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ ।

त्यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ । मंगलवार देखिएको १ हजार २१२ जना संक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो । तर पनि अघिल्ला दिनहरुमा त्यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका संक्रमित भेटिएका थिए । त्यसमा बृद्धि भएर मंगलवार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले गएको ६ महिनापछि यहाँ यति धेरै संख्यामा संक्रमित भेटिएको बताएका छन् । यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ । बुधवार देखिएका यी संक्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा संक्रमितहरु देखिँदा अर्को वेभको त्रास बढेको समाचारमा जनाइएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?