काठमाडौं । नेकपा विभाजनपछि एमालेमा बसेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोगमा जाने तयारी गरेका छन् ।
एमालेमा रहेका पूर्व माओवादी नेताहरुले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक रहेको भन्दै प्रमाण पेश गर्न आयोग जाने तयारी गरेको एक नेताले जानकारी दिए ।
हालसम्म महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट पार्टी क्रियाशील रहेको बताउँदै उनीहरु त्यसको खारेजीको मागसहित आयोग जान लागेका हुन् ।
वर्षौदेखि महाधिवेशन नभएकाले माओवादी केन्द्र अवैध रहेको उनीहरुको आरोप रहेका छ । पूर्व माओवादी नेताहरु रामबहादुर थापा बादल, प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी र टोपबहादुर रायमाझी लगायतका नेताहरु आयोग जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया