पोस्टमार्टम रिपोर्टबाट पनि खुलेन सुजिताको मृत्युको कारण, भिसेरा परीक्षणका लागि पठाइयो

सुजिता भण्डारीको शवको पोस्टमार्टम रिपोर्ट आएको छ । तर पोस्टमार्टम रिपोर्टबाट पनि उनको हत्याबारे खुल्न सकेको छैन ।

पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा हत्या वा आत्महत्या प्रमाणित गर्ने कुनै क्ल्यू फेला नपरेको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका उप प्राध्यापक डा. गोपाल कुमार चौधरीले लोकपथलाई जानकारी दिए ।

“सुजिताको देब्रे हात, देब्रे खुट्टा र दाहिने खुट्टामा घाउहरू देखिएका छन्। डिप्रेसन भएका व्यक्तिहरुले आफूलाई यातना दिन यस्ता घाउ लगाउने गर्छन् । तर यही घाउका कारण उनको मृत्यु भएको भने होइन ।” डा चौधरीले बताए ।

“पोस्टमार्टम गरेर हेर्दा आत्महत्या हो कि हत्या भन्ने पुष्टि गर्ने आधार अझै भेटिएको छैन । मुख भित्र माटो चाहि भेटेका थियौं ।” डा चौधरीले थपे ।

“सुजिताको बलात्कार भए नभएको पनि जाँच गर्दा योनाङ्गमा आलो घाउ थिएन । सुजिताको पाठेघर पनि खाली देखिएको छ । यसबाट बलात्कार नभएको पुष्टि हुन्छ ।” उनले भने ।

हत्या वा आत्महत्या छुट्टयाउन अब भिसेरा विधिमा जानु पर्ने उनले बताए । मुटु, कलेजो र फोक्सो पेट र दिमागको नमूना संकलन गरि प्रहरीलाई बुझाएको उनले बताए ।

अब बाँकी विवरण भिसेरा परीक्षणबाट मात्रै खुल्ने डा चौधरीले बताए जानकारी दिए ।

सुजिता भण्डारी मृत्यु प्रकरणः कांग्रेसद्वारा दोषीलाई कानूनी कठघरामा उभ्याउन माग | Nagarik News - Nepal Republic Media

सुजिता बेपत्ता भएको दिन :

असार ११ गते सुजिता भण्डारीको घर नजिकै रहेको खेतमा रोपाई थियो । घरका परिवार सबैजना रोपाईको तयारीमा व्यस्त थिए । सुजिता भने त्यो दिन बिहानै ६ बजे राप्तीकै जितपुर सिमरामा साथीले तरकारी लिन बोलाएको भनेर घरबाट निस्किइन ।

घरका परिवार सबैजना रोपाईमा व्यस्त भएकाले कसैले पनि सुजताको बारेमा सोचेनन् । सोचुन पनि कसरी साथिको घरमा तरकारी लिन भनेर गएकी थिइन् ।

तर जब रोपाई सकेर घरका परिवार घर फर्किए । घर फर्किएपछि घरमा सुजितालाई नदेखेपछि उनलाई फोन गरे । तर फोन लागेन । सुजिताकी दिदी कविताले आफ्नो मोबाइलमा मिस कल देखिन् । कविताले तत्कालै उनलाई फोन गरिन् । कविताले प्रहरीलाई बताए अनुसार सुजिताले उनलाई आफू अपहरणमा परेको र बचाउन आग्रह गरेकी थिइन्। सुजिताले स्थानीय राजु सेढाईंको नाम लिएर आफू अपहरणमा परेको जानकारी सेढाईं दिन भनेकी थिइन् ।

***

लगत्तै उनहिरुले प्रहरीलाई घटना बारे जानकारी गराए । सुजिता जितपुरको साथिको घर जान्छु भनेर घरबाट हिडेका कारण सुजिताका परिवार र स्थानीय उनलाई खोज्न जितपुर तर्फ लागे ।

सबै जनाको खोजी पछि पनि केही पत्ता लाग्न सकेन ।

सुजिता हाराएकी ९ दिन पछि (आइतवार) ब्रम्हस्थानी सामुदायिक वनको भिरमा निउरो खोज्न गएका युवकले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी तत्काल घटनास्थल पुग्यो । घटनास्थलमा भेटीएको शव र सुजिताको उमेर उस्तै भएकाले प्रहरीले उनको परिवारलाई खबर र्गयो ।

परिवारले आएर शव हेरेपछि पहिचान र्गयो । शव सुजिताकै थियो । प्रहरीले घटनास्थलमा तामिलप्राप्त कुकुरको पनि लगेका थिए ।

शव भिरको लहरोमा अड्किएको अवस्थामा भेटिएको थियो ।

***

प्रहरीले अनुसन्धान नसकिएका कारण  सोमवार मात्रै शव उठाएको जिल्ल प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

सुजिताको शवसँगै प्रहरीले पतेरो मार्न प्रयोग गर्ने विषको बोत्तल, ३०० रुपैयाँ भेटाएको थियो । घटनाबारे गहन अनुसन्घान भइरहेको प्रहरीले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?