निर्धारित समय भन्दा एक घण्टा ढिलागरि शुरु भयो कार्यदलको बैठक

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो शुरु भएको छ ।

सिंहदरबार स्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक ११स्४५ बजेदेखि शुरु भएको ।

उक्त बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचीव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त भिम आचार्य लगायत ६ जना र ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतुत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल लगायत ११ जनाको उपस्थिति रहेका छन्।

यसअघि सोमवार र मंगलवार समेत कार्यदलको बैठक बसेको थियो । दुई दिनको बैठकमा पार्टी विवाद समाधानको विषयमा कुराकानी भएपनि ठोस निष्कर्ष भने निस्किन सकेको छैन । आज पनि पार्टी एकताको प्रयास खोजिने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?