‘ट्रयाजेडी किङ’ दिलीप कुमारका सदाबहार रोमान्टिक गित

लोकपथ
224
Shares

काठमाडौं । बलिउडका लेजेण्ड एक्टर दिलीप कुमार आज (बुधवार) यस दुनियाबाट बिदा भए ।

उनको मृत्यु पछि बलिउडको सिनेमा जगतमा एउटा यस्तो ठाँउ खाली भएको छ जसलाई भविष्यमा शायदै कसैले त्यो उचाइमा पुर्‍याउन सक्छ ।

 दिलीप कुमार

उनको अन्तिम विदाइका लागि शव घरमा राखिएको छ । बलिउडका स्टारहरु उनको घरमा देखिएका छन् ।

शबाना आजमी

९८ वर्षीय दिलीप कुमारलाई विभिन्न रोगले सताएको थियो ।

चलचित्र क्षेत्रमा ६ दशक बढी समय विताएका दिलिप कुमारले बलिउडमा ‘ट्रयाजेडी किङ’ को उपनाप पाएका थिए । उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

देवदास (१९५५), होस या नयाँ दौर (१९५७), मुघल–ए– आजाम (१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), जस्ता फिल्म उनले पस्केका थिए ।

उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान(ए)इम्तियाजबाट पनि सम्मानित भएका थिए।

दिलीप कुमारले सिनेमामा कहिले माया पिरतिका गित गाएका थिए र कहिले मायामा घोका खाएका मानिसको पिडा बताउने गितमा अभिनय गरेका थिए ।

उडे जब जब जुल्फें तेरी होस या फिर मुझे दुनिया वालों शराबी ना समझो यी गितहरु सदावार चर्चामा रहने गरेका छन् ।

दिलीप कुमारका अलटाइम फेवरेट गित :

उडे जब जब जुल्फे तेरी:

नयाँ दौर फिल्मको उक्त गित अहिले पनि मानिसहरुले गुनगुनाउने गरेको सुनिन्छ । दिलीप कुमारको उक्त गित अलटाइम फेवरेट मध्येको एक हो ।

दिल तडप तडपके केहे राहा है:

दिलीप कुमार र वैजयन्तीमालाले सँगै काम गरेका उक्त गितले तहल्का पिटेको थियो । दिल तडप तडपके केहे राहा है आजसम्म पनि मानिसहरुको मनबाट हटेको छैन् ।

सुहाना सफर और ये मौसम हसीन:

सुहाना सफर और ये मौसम हसीन गित आजको दिनसम्म पनि निकै लोकप्रिय छ । बलिउडका गितहरुमा कहिल्यै पुरानो नभएका गित मध्ये एक हो सुहाना सफर और ये मौसम हसीन ।

मधुवनमे राधिका नाचे रे :

कोहिनूर फिल्मको गित मधुवनमे राधिका नाचे रे कुनैपनि मन्चमा एक पटक बजेकै हुन्छ । धिमा गतिमा बगेको गितमा प्रेमको बयान गरिएको छ ।

मुझे दुनियावालो शरावी ना सम्झो :

दिलीप कुमारले मुझे दुनियावालो शरावी ना सम्झो गितमा वैजन्यतीमालासँग प्रममा परेको भुमिका निभाएका छन् । उनी प्रेममा परेर रक्सी खाने क्यारेक्टरमा देखिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?