काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
उनी नेपाललाई भेट्न पुगेपछि कार्यदलको बैठक पर धकेलिएको छ ।
कार्यदलका अन्य सदस्यहरु सिंहदबारमा भेला भइसकेपनि रावल नआएकाले बैठक पर धकेलिएको एक नेताले जानकारी दिए ।
यसअघि बिहान ८ बजेका लागि तयको बैठक १० बजेलाई सारिएको थियो । तर, रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया