बलिउड कलाकार दिलिप कुमारको निधन

लोकपथ
245
Shares

काठमाडौं । बलिउड अभिनेता दीलिप कुमारको निधन भएको छ ।

जुन ३० मा मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएका कलाकार कुमारको बुधवार उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

९८ वर्षीय उनलाई विभिन्न रोगले सताएको थियो । चलचित्र क्षेत्रमा ६ दशक बढी समय विताएका दिलिप कुमारले बलिउडमा ‘ट्रयाजेडी किङ’ को उपनाप पाएका थिए । उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए । देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल–ए– आजाम (१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), लगायतका चलचित्रमा उनको अभिनयलाई निकै सशक्त मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?