मनसुनी वायुको प्रभाव : आजपनि देशभरका धेरै स्थानहरुमा वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

लोकपथ
49
Shares

काठमाडौं । आज देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाई छ । प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?