सिन्धुपाल्चोकमा सेनाले गर्‍यो हेलिकप्टरमार्फत राहत सामाग्री ढुवानी

RSS
49
Shares

सिन्धुपाल्चोक । सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित राहत सामाग्री ढुवानी गरेको छ ।

उक्त बाढीका कारण सडक तथा पुल क्षति भई सडक सञ्जालबिच्छेद भएपछि सेनाले हेलिकप्टरमार्फत सङ्कलित सामाग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

पाँचपोखरी थाङ्गपाल गाँउपालिका–३ सुनचौर जस्तापाता ५२ बण्डल, मेलम्ची घ्याङमा जेनेरेटर इन्धन र ३५० लिटर डिजेल तथा दुई हजार ८०० केजी खाद्यान्न ढुवानी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस्तै तेम्बाथानमा एक हजार ६०० केजी खाद्यान्न र औषधिलगायत मेडिकल सामान ढुवानी गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?