सिन्धुपाल्चोक । जिल्लाको बलेफी जलबिरे तेम्बाथान सडक अन्तर्गत हाल स्तरोन्नति भैरहेको बलेफी नौबिसे खण्डको सरोकारवालाले आज संयुक्त अवलोकन गरेका छन । निर्माण व्यवासायीको कामप्रति स्थानीयवासीको गुनासो आएपछि राजनीतिक दलका नेता, सडक डिभिजन कार्यालयका प्रमुख, गाउँपालिकाका र सम्बन्धित सरोकारवालाले निर्माणाधीन सडकमा प्रयोगमा ल्याइएको निर्माण सामग्री तथा सडक फराकिलो बनाउन गरिएको कटान लगायतको निरीक्षण गरेका थिए । साथै बलेफी गाउँपालिकाको कार्यालयमा वर्षायाममा सवारी आवतजावत सञ्चालन गर्ने, निर्माणकार्यका गुणस्तरीयतामा कमि हुन नदिने र जिम्मेवारी अनुसार सबैले काम गर्ने विषयमा छलफल भएको छ ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधब सापकोटा , सो गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, सडक डिभिजन कार्यालयका प्रमुख विजयकुमार महतो, सभामुखका स्वकीय सचिव गोबिन्द पाठक, निर्माण यवसायिका प्रतिनिधि,वडाध्यक्ष एवं सञ्चारकर्मीको उपस्थिति रहेको थियो । छलफलले जारी सडक स्तरोन्नतिको काम सन्तोषजनक नदेखिएकाले दुई साता भित्र सम्बन्धित निर्माण वयवसायिलाई उपस्थित गराइ छ्लफल गर्ने निर्णय गरेको छ ।
छलफलका क्रममा नेता सापकोटाले समयमै काम सम्पन्न गर्न र गुणस्तरमा सम्झौता नगर्न सुझाव दिए । गाउँपालिका अध्यक्ष क्षेत्रीले पालिकाले आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सडक डिभिजन प्रमुख महतोले सम्झौता अनुसार हालसम्म २५ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ६ प्रतिशमात्र काम भएको पाइएको जानकारी दिए । उनले कटानमा स्लोप नमिलेको, निर्माण सामग्रीमा सुधार आवश्यक रहेको एवम डिजाइन अनुसार ग्याबिन वायरको प्रयोग नदेखिएको बताए । निर्माण पक्षले अवलोकन र छलफलका क्रममा आएका सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया