हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
49
Shares

१. एमालेको आन्तरिक बिवाद मिलाउन गठित कार्यदलको आजको बैठकमा पनि सहमतिको बिन्दू पहिल्याउने प्रयास, छलफल सकारात्मक भएको नेताहरुको प्रतिक्रिया ।

२.जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति जुटेन,पार्टी विभाजनका लागि दुबै पक्ष सहमत

३. आजदेखि जेष्ठ नागरिकलाई कोरोना विरुद्दको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु, बिहानै देखि खोप केन्द्रमा खोप लगाउनेको भीड ।

४. प्रतिनिधि सभा पुनः स्थापना हुनेमा आफू विश्वस्त रहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई,सर्वाेच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने प्रचण्डको विश्वास ।

५.मंगलबार नेपालमा कोरोनाका २ हजार ६ सय ३४ जना नयाँ संक्रमित थपिए,पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु ।

६. एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता,दुबै नेताबीच देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

७.थुनामा रहेका.नेकपा विप्लव नेतृत्वका कार्यकर्तालाई रिह गर्न सर्वाेच्च अदालतको आदेश,सर्वाेच्चको आदेशसँगै १४ जना नेता कार्यकर्ता रिहा हुने ।

८. प्रदेश १ मा जारी प्रदेश सभाको गतिरोध अन्त्य, प्रदेश सरकार र माओवादी केन्द्रबीच संसद बैठक खुलाउन सहमति ।
९.महानगरीय ट्राफिक महाशाखाले चोरी भएका ३३ वटा मोटर साइकल सम्बन्धित सवारी धनीलाई बुझायो,यो आर्थिक वर्षमा मात्रै ४ सय १३ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण ।

१०. सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएपछि काठमाडौं उपत्यकामा चहलपहल बढ्यो,भीडभाड नगर्न प्रशासनको आग्रह ।

११. नेपाल एयरलाइन्सको कार्यालयमा कर्मचारीद्वारा तालाबन्दी,एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजिएको भन्दै कर्मचारीको बिरोध ।

१२.नेपाली सेयर बजार निरन्तर ओरालो लाग्दै,मंगलबार ४ अर्ब २२ करोड ४० लाख बराबरको मात्रै सेयर कारोबार ।

१३. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित ३७ देशका सरकार प्रमुख प्रेस स्वतन्त्रताका शिकारी चित्रित,स्वतन्त्र पत्रकारितामाथि आक्रमण गरेको आरोप ।

१४. आफ्ना भेडाहरुको राम्रो स्याहार नगरेको भन्दै न्यूजिल्याण्डक एक किसान दोषी ठहर, किसानलाई नजरबन्दको सजाय ।

१५.युरोकप फुटबलको सेमी फाइनल खेलमा आज राति दुई बलिया टीम स्पेन र इटाली भिड्दै, दुबै टीम एक अर्कालाई हराएर फाइनलमा पुग्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?