काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन आयोजनविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
मंगलवार सर्वोच्चले तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
अधिवक्ता पौडेलका अनुसार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले दुवै पक्षलाई बोलाएर छलफल पछि मात्र अन्तरिम आदेश दिने बताउँदै कारण देखाऊ आदेश जारी हो ।
कालीगण्डकी डाइभर्सनको विरुद्धमा अधिवक्ता तुलसीराम पौडेलले रिट दायर गरेकी थिए । भने वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई, अमिता गौतम पौडेल, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले लगायतले उक्त मुद्दामा बहस गरेका थिए ।
कालीगण्डकीको पानी बुटवलको तिनाउमा खसाउने, १ सय २६ मेगावाटको जलविद्युत् आयोजना बनाउने र लुम्बिनी प्रदेशका एक लाख सात हजार हेक्टर जमिन सिँचाइ गर्ने महत्वांकाक्षी योजना बाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया