काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ पिङले आयोजना गरेको भर्चुअल शुरु भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी १०० वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रपति सीले नेपालसहितको विभिन्न देशका प्रमुखहरुसँग भर्चुअल संवाद गरेका हुन् ।
आजको भर्चुअल संवादमा नेपालका तर्फबाट एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व उपप्रधानमन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेल, पूर्व मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली लगायतका नेताहरु रहेका छन् । साथै उक्त संवादमा विभिन्न देशका राजनीतिक दलहरुको उपस्थिती रहेको छ ।

त्यसैगरी यता पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको समेत उपस्थिती रहेको छ । त्यसैगरी अन्य दलका नेताहरुको समेत उक्त बैठकमा सहभागिता रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया