काठमाडौं अवैध क्रियाकलाप गर्ने चिनियाँ गिरोह पक्राउ, विभिन्न वस्तुहरु बरामद

लोकपथ
350
Shares

काठमाडौं । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चिनियाँ नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकहरुले दुर्भल वन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि खेलाईरहेको अवस्थामा चार जना चिनियाँ नागरीकलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ७ थान, बाघको छाला जस्तो देखीने वस्तु १ थान, गाईको छाला जस्तो देखीने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ । यस्तै उनीहरुको साथबाट राहधानी २ थान, चिनका विभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना(लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखीने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

पक्राउ परेका चिनियाँ नागरिकहरुको प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

त्यस्तै प्रहरीले पत्रकार सम्मेलनमा धारिलो हतियार प्रयोग गरी ज्यान मारेको अभियोगमा पक्राउ परेका ३ (तिन) जनालाई पनि सार्वजनिक गरेको छ ।

यही असार २० गते महोत्तरी जलेश्वर न.पा वडा नं. २ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरि न.पा. वडा नं. ३ थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षिय जितेन्द्र साहलाई हत्या गर्ने चन्द्रागिरि न.पा वडा नं. ३ थानकोट बस्ने ३६ वर्षिय सोमलाल गोपाली, मकवानपुर दामन – ९ घर भई चन्द्रागिरी न.पा. १ दहचोक बस्ने २५ वर्षिय मनोज दोङ तामाङ र चन्द्रागिरी.न.पा–८ मातातिर्थवाट साहिल गोपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?