इटालीको विश्वसनीय डिफेन्स, स्पेनको दर्शनीय एट्याक

युरो कप २०२०

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज मंगलवार मध्यरातमा पहिलो सेमी फाइनल खेलको तालिका रहेको छ ।

इङ्ल्यान्डको राजधानी लन्डनस्थित वेम्बली मैदानमा आज राती युरोपियन फुटबलका दुई महारथी इटाली र स्पेन आमने सामने हुँदै छन्। चार पटक विश्वकप विजेता इटाली र तीन पटक युरो कप विजेता स्पेन बिचको आजको खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

इटाली, स्पेन र युरो कपको सम्झना धेरै पुरानो पनि छैन । सन् २०१२ युरो कप फाइनलमा यी दुई टोली आमने सामने भएका थिए। त्यसबेला आफ्नो चुचुरोमा रहेको स्पेनिश फुटबल टोलीले खेल र उपाधि सजिलै आफ्नो पक्षमा पार्न सफल भएको थियो। तर अहिले समय फेरिएको छ। इटाली आफ्नो फुटबल इतिहासकै स्वर्णिम कालमा रहेको अवस्था छ।

पछिल्ला ३२ खेलमा अपराजित इटालीको अगाडि स्पेनको दर्शनीय एट्याक कति फलदायी हुन्छ भन्ने कुरा चासोको विषय बनेको छ। यस संस्करणको युरो कपमा उत्कृष्ट प्रदर्शनी देखाएको इटालीको खेलमा कमजोरी निकाल्न गार्हो छ । तर अन्तिम १६ को खेलमा बेल्जियमविरुद्ध इटालीले लियोनार्डो स्पिनाजोल्लालाई गुमायो। यस प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा परेका स्पिनाजोल्ला इन्जुरीका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। स्पेनविरुद्ध इटालीले स्पिनाजोल्लाको कमी अवश्य पनि महसुस गर्नेछ।

इटालीविरुद्ध स्पेन

नेपाली समय: मध्यरात १२:४५
स्थानः वेम्बली मैदान, लन्डन, इङ्ल्यान्ड
रेफ्रीः फेलिक्स ब्रीच (जर्मनी)

 

हेड टू हेड

सन् २०१२ युरो कप फाइनल पश्चात्

२८ जुन २०१३ स्पेन ०–० इटाली (पेनाल्टी स्पेन ७–६ इटाली)
६ मार्च २०१४ स्पेन १–० इटाली
२५ मार्च २०१६ इटाली १–१ स्पेन
२७ जुन २०१६ इटाली २–० स्पेन
७ अक्टोबर २०१६ इटाली १–१ स्पेन
३ सेप्टेम्बर २०१७ स्पेन ३–० इटाली

 

सम्भावित शुरुवाती ११

इटाली (फर्मेशन ४–३–३)
गोलरक्षकः डोनारुम्मा
डिफेन्डरः डि लोरेन्जो, बोनुची, केईलेनी, एमरसन
मिडफिल्डरः भेराट्टी, जोरजिन्हो, बरेल्ला
एट्याकः चिएसा, इम्मोबिले, इन्सिन्या

प्रशिक्षक रोबर्टो म्यान्सिनी

स्पेन (फर्मेशन ४–३–३)
गोलरक्षकः उनाइ सिमोन
डिफेन्डरः एजपिलिकुवेटा, लापोर्ट, टोरेस, अल्बा
मिडफिल्डरः पेड्री, बुस्केट्स, कोके
एट्याकः ओलमो, मोराटा, फेरान टोरेस

प्रशिक्षक: लुइस एनरिके

 

प्लेयर्स टू वाच


इटालीः लोरेन्जो इन्सिन्या
स्पेनः पेड्री

 

युरो कप उपाधि


इटालीः १ (१९६८)
स्पेनः ३ (१९६४, २००८, २०१२)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?