काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको मंगलवारको बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन ।
नेकपा एमालेको विवाद समाधान गर्नका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतीमा गठन भएको कार्यदलको मंगलवारको बैठकले पनि कुनै ठोस निर्णय निकाल्न सकेन । पछिल्लो समय निस्क्रिय कार्यदल सोमवारदेखि सक्रिय भएको भएपनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन । आजको बैठकमा एमालेको संगठनात्मक प्रणालीलाई कसरी अगाडी बढाउने र पार्टी भित्र देखिएको समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको कार्यदल सदस्य भिम रावलले बताए । कार्यदलका सबै सदस्यहरु पार्टी समस्या समाधानका लागि सक्रिय रहने सहमती गरिएको पनि उनले जानकारी दिए ।
उनले भने– ‘हामीले कार्यदलको बैठकमा हाम्रो संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयहरुमा पनि छलफल गर्यौँ । र अदालतको फैसला पश्चात् जसरी नेकपा(एमाले) पुर्नजिवित भएको छ । त्यसपछि संगठनका सम्पूर्ण कामहरुलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा विभिन्न समयमा भएका कुराहरुको बारेमा पनि कुराकानी भयो । र त्यसका साथसाथै नेकपा एमाले पुर्नजिवित भइसकेको अवस्थामा संगठनात्मक विषयसँग सम्बन्धित जे जस्ता समस्याहरु उत्पन्न भएका थिए । ति समस्याहरु समाधान कसरी हुन सक्छन् भन्ने विषयमा पनि हामीले छलफल गर्यौँ । र ति सम्पूर्ण विषयहरुमा कार्यदलमा रहनुभएका सबै सदस्यहरुबाट समस्या समाधानको विषयमा अगाडी बढ्ने सहमतीको साथ आजको बैठक सम्पन्न भएको छ ।’
कार्यदलको अर्को बैठक बुधवार पुनः बस्ने कार्यदल सदस्य रावलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया