काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ८५ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१२ हजार ५ सय ८५ परीक्षणमध्ये पीसीआर विधिवाट १ हजार ७ सय १८ र एन्टीजेन विधिबाट ९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ७ जिल्लमा पछिल्ले २४ घण्टामा १ जनामात्रै कोरोना संक्रमित थपिएका छन् ।
१ जनामात्रै कोरोना संक्रमित थपिने जिल्लहरु सोलुखुम्बु, बर्दिया, बाँके, मुगु, दार्चुला, बाजुरा र बैतडी रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार २ सय ६३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया