सातवटै प्रदेशमध्ये बागमतीमा थपिए सबै भन्दा धेरै कोरोना संक्रमित, अन्य प्रदेशमा कति ?

लोकपथ
434
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ८५ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार ५ सय ८५ परीक्षणमध्ये पीसीआर विधिवाट १ हजार ७ सय १८ र एन्टीजेन विधिबाट ९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।

सातवटै प्रदेश मध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै ७ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशमा सबै भन्दा कम २३ जना संक्रमित थपिएका छन् ।

कुन प्रदेशमा कति ?

प्रदेश-१                  –      ४८७ जना
प्रदेश-२                  –      ५२ जना
बागमती प्रदेश         –      ७७१ जना
गण्डकी प्रदेश         –      २१७ जना
लुम्बिनी प्रदेश         –      ११५ जना
कर्णाली प्रदेश         –      ५७ जना
सुदूरपश्चिम प्रदेश     –      २३ जना

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार २ सय ६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?