डिशहोम फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार

लोकपथ
1.5k
Shares

काठमाडौं । डिशहोम फाइबरनेट देशबासीहरु माझ उच्च गतिको इन्टरनेट सेवा देशभर विस्तार भइरहेको छ ।

ग्राहकहरुको मागलाई मध्यनजर गरि आफ्ना म्त्ज् प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले शुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO AppXVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० Mbps देखि १०० Mbps सम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर, शंखमुल र बिराटनगर पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दै छ ।

त्यसैगरी डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?