कोरोना खोप लगाउन बिहानैबाट वृद्धवृद्धालाई लाइनमा राखियो, अन्तिममा त्यसै फर्काइयो (तस्वीरसहित)

लोकपथ
602
Shares

काठमाडौं । कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ ।

सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलवार दोश्रो डोज लगाउन सूचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौँले खोप लगाउन नपाइ फर्कनु पर्‍यो ।

उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाण्डौ महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानै देखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापन देखि आक्रोशित बने । उनीहरुले सरकारले सही सुचना नदिएका कारण आफुहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।

मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजे देखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन पाउनुभएन । खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।

उनले भने, “बेसरी गाह्रो भयो । प्रेसर सुगर भएका मान्छेहरु सबै बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायक पनले जनतालाई दुख दिएको छ । सरकारले खोप सम्बन्धी सूचना प्रवाह राम्रो संग दिनुपर्छ कि पर्दैन रु सरकारले भन्दा ३ महिनामा इनजेक्सन भन्छ यहाँ ३ बर्षमा पनि इनजेक्सन नपुग्ने भईसक्यो । ८५ बर्षका बृद्ध लाइन बस्दा बस्दै ३ ४ जना त लडिसके । तिनको जिम्मेबारी कसले लिन्छ रु पुलिसले भित्र जान दिदैन । पुलिसले भन्छ हामीलाई थाहा छैन । थाहा छ कसलाई रु जनता भेडा हुन् रु ”
बानेश्वरका तेज बहादुर दाहालपनि बिहान ६ बजे निजामति अस्पताल खोप केन्द्रमा लाइन बसे तर दिउँसो २ बजे सम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोखे । उनले प्रशासनलाई विश्वकै नायालक भनी टिप्पणी गरे ।

उनले भने, “ज्येष्ठ नागरिक भनेपछि त्यही अनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यतिजना भोली आउ यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो । यस्तो किसिमको नालायक प्रशासनिक व्यवस्था कहीँ पनि छैन । यो जनस्वास्थ्यले मिलाउनुपर्ने हो । हामीलाई भोलीका लागि कुपन भनेर दिएको भए हामी भोली आईहाल्थ्यौ नि । ”

आलोकनगर टोल सुधार समितिको अध्यक्ष समेत रहेका डिआर पोख्रेल बिहान ३ बजे देखि खोप लगाउन लाईन बसेपनि दिउँसोसम्म खोप लगाउन पाएनन् । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलवार जम्मा ५ सय मात्रै खोप लगाउने सूचना निकालेपछि उनको धैर्यता टुट्यो । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध गरे ।

उनले भने, “जनतालाई भेडाबाख्रा सम्झिने ? सुचना निकाल्देर पञ्छिन पाईन्छ सरकारले ? लाईनमा ३ ÷४ हजार जनता छन् अहिले बाड्ने बेलामा बढीमा ५ सय बाड्ने रे । ”

अर्का एकजनाले ग्राण्डीबाट र धुलिखेलबाट  कालोबजारी गरेर प्रति खोप १० हजारमा खोप बेच्ने गरेको सूचना आफुले पाएको भन्दै त्यसबारे खोज गर्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले नागरिकलाई तड्पाई तड्पाई मार्न खोजेको आरोप लगाए ।

पुण्य प्रसाद भट्टराईले आफु बिहान ६ बजेदेखि लाइन बसेपनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाईन बसेपछि खोप लगाउन पाएको बताए ।

सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सूचना निकालेको थियो । काठमाडौं महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?