सकियो एमाले कार्यदलको बैठक, एकताको प्रगती कति ?

लोकपथ
364
Shares

काठमाडौं । पार्टी विवाद समाधानका लागि बसेको नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ ।

सोमवारबाट शुरु भएको बैठकमा आज पनि ठोस निर्णय हुन नसकेको बैठकमा सहभागी नेताहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकपछि कार्यदलका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्यले छलफल जारी रहने भएपनि आजको लागि कुनै निर्णय नभएको जानकारी दिएका छन् ।

“हिजो हामी बैठक मात्र बसेका थियौँ । आज बुँदागत छलफल समेत भएको छ । छलफल निरन्तर जारी नै रहन्छ । तर त्यो टुंगिन पनि सक्न नटुंगिन पनि सक्छ ।” पन्तले प्रतिक्रिया दिए ।

बाहिर पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संयुक्त वक्तव्य जारी गर्ने विषयमा चर्चा चलेपनि त्यस विषयमा आज छलफल नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?