विप्लव समूहका केन्द्रीय सदस्यसहित १४ कार्यकर्तालाई रिहा गर्न सर्वोच्चको आदेश

लोकपथ
112
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको केन्द्रीय सदस्यसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्चले मंगलवार विप्लव नेतृत्वका केन्द्रीय सदस्य चूडामणी ओलीसहित १४ जनालाई रिहा गर्न आदेश दिएको हो ।

विभिन्न मुद्दामा विप्लव समूहका केन्द्रीयसदस्य ओलीसहित १४ जना देशका विभिन्न ठाउँहरुमा प्रहरी थुनामा रहेका थिए ।

भूमिगत अवस्थामा रहेको विप्लव नेतृत्व गत फागुन २० गते सरकारसँग तीन बुँदे सहमतीसहित शान्तिपूर्ण राजनीतिमा आएको छ । विप्लव नेतृत्वले सरकारसँग आफ्ना कार्यकर्ता रिहाइसहितका मागहरु राखेका थिए ।

आफूहरुसँग राखिएको मागहरु पूरा नभएको भन्दै आइतवार मात्रै विप्लव समूहले प्रधानमन्त्री ओलीसँग भेटघाट गरि माग पूरा गर्नका लागि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?