काठमाडौं ।मोरङ सुन्दरहरैचा नगरपालिका १ डांगीटोल का याम लुङ्गेली मगरको छोरा ८ बर्षीय अनमोल मगर घर छेउको कलबर्ड मुनी पानी जमेको ठाँउमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
आज दिउसो साढे २ बजे अन्य २ जना बच्चाहरुसंग नुहाउन गएका अनमोलको पानी डुबी अचेत भएको उनका साथीहरुले बताएका थिए ।
अचेत भएका अनमोलको पानीबाट निकाली उपचारको लागी बिराटनगर कोशी अस्पताल लगी चेकजाँच गर्दा मृत्यु भई सकेको अस्पतालले बताएको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी टोली खटि अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया