टिकापुरमा ३ वर्षीय नाबालक सोमवारदेखी बेपत्ता, प्रहरीको कुकुरले पनि गर्न सकेन ट्रयाक

काठमाडौं । सोमवार बिहान करिब ११ बजे दिदीसँग जामुन खान भन्दै दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्ट जामुन पसल गएका थिए ।

जामुन पसलमा जामुन खाइसके पछि विवेकले नजिकै रहेको आफन्तकोमा जान्छु भनेका थिए ।  दिदीले पनि आफन्तकोमा खेल्छ भन्ने हिसाबले जान दिइन् । तर एकछिन पछि उनलाई लिन परिवार आफन्तकोमा जाँदा उनी त्याहा थिएनन् ।

टीकापुर नगरपालिका १ ब्लक नं. ८ मा होहल्ला मच्चियो । परिवारले प्रहरीलाई खबर गरे । प्रहरीको टोली घटनास्थल पुग्यो ।

प्रहरीसहित आफन्तहरुले विवेकको खोजी तीब्र पारेका छन्।

घटनास्थलमा दुई वटा कुकुरको प्रयोग गरेर अनुसन्धान शुरु गरेएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले लोकपथलाई जानकारी दिए ।

“नाकाहरुमा तस्वीरसहित अलर्ट गराइसकेका छौं । कुकुरको प्रयोग गरेर अनुसन्धान गर्यौ । तर पानी परेका कारण कुकुरले ट्रयाक गर्न सकेन र टाइम ल्याप्सका कारण पनि कुकुरले घटना स्थलमा कनक्लूसिभ रिपोर्ट दिन सकेन् ।” अधिकारीले बताए ।

विवेकको खोजी कार्य तिब्र पारिएको उनले बताए ।

आगनबाटै बच्चा हराएपछि अहिले टीकापुरमा स्थानीयहरुबीच त्रास फैलिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?