काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड जनकपुरबाट फर्कने क्रममा सिधै कोटेश्वर पुगेका हुन् ।
दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । ‘पछिल्लो राजनीतिक घट्नाक्रमका बारेमा छलफल र कुराकानी भएको बुझिएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
सिंहदरवारमा एमाले कार्यदलको बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया