एन्टोनियो गुटर्रेसद्वारा जापानमा पहिरोमा परि ज्यान गुमाएकाहरु प्रति दुःख व्यक्त

लोकपथ
84
Shares
Antonio Guterres, United Nations High Commissioner for Refugees speaks during a press conference at the Launch of the Regional Flash Appeal Following recent events in Libyan Arab Jamahiri

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जापानमा हालै आएको बाढी र पहिरोमा परि नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ताले सोमवार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका हुन् । उनले महासचिव गुटर्रेसले सो घटनाले आफूलाई दुःखी बनाएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकद्धारा जारी सो विज्ञप्तिमा महासचिव गुटर्रेसले उक्त पहिरोमा परि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका र घाइतेहरुहरुको स्वास्थ्य लाभको कामना पनि गरेको जानकारी दिएका छन्।

यस्तो अप्ठेरो परिस्थितिमा महासचिव गुटरेसले आफु र संयुक्त राष्ट्रसंघ जापान सरकार र जापानी नागरिकको पक्षमा रहेको पनि बताए। जापानको आतमी प्रिफेक्चरमा हालैको अविरल वर्षा र त्यसपछिको पहिरोमा परी दुई जनाको निधन भएको थियो भने अरु २० जना अहिले पनि हराइरहेका छन् ।

तीन दिनअघिको सो पहिरोमा परी हराएका व्यक्ति अब भने भेटिने आश मरेको जापानको उद्धारकर्ताहरुले जनाएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?