सहज बनाउँदै कैलालीमा लम्ब्याइयो निषेधाज्ञा, अब होटल पनि खुल्ने (सूचनासहित)

लोकपथ
234
Shares

कैलाली । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि साउन १ गतेसम्मलाइ निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

बुधवार भोलीदेखि होटलहरु पनि सञ्चालनमा आउने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापनको मंलवार बसेको बैठकले सो निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार अब स्वास्थ्य सुरक्षाका मापदण्ड पादना गरी बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म होटल, रेष्टुरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरु सञ्चालन गर्न सकिने जनाएको छ ।

यसरी सञ्चालन गर्दा सकेसम्म होम डेलिभरी तथा टेक अवे सेवालाई प्राथमिकथा दिन प्रशासनले आग्रह गरेको छ । यस अघि यहाँका सम्पुर्ण होटलहरु ठप्प थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?