सुनसरीमा १ सय ५० किलो गाँजा र पेस्तोलसहित २ जना पक्राउ

लोकपथ
105
Shares

काठमाडौं । सुनसरीमा अबैध लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका-८ सुक्रबारेबाट करिब १ सय ५० किलो अवैध लागू औषध गाँजा र १ थान नक्कली पेस्तोलसहित २ जनालाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनि नगरपालिका-७ बस्ने २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।

चतराबाट कोशी बाँध हुँदै सवारी साधनमा गाँजा लैजादै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को २ च ११२ नम्बरको भ्यान र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा र नक्कली पेस्तोलसहित फेला पारी मोटरसाइकल र भ्यानमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

भ्यान चालक र मोटरसाइकलमा सवार १ जना फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?