काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक कलहले अन्ततः पार्टीलाई फुटको दिशातिर धकेलेको छ ।
जसपाको दुवै पक्ष (उपेन्द्र र महन्थ) पार्टीभित्रको विवाद समाधानका लागि छलफल गर्न आज निर्वाचन आयोग पुगेका थिए । तर आजको छलफलमा दुवै पक्षका नेताहरु जुटेर अघि बढ्न भन्दा आ(आफ्नो बाटो लाग्न सहमत भएका हुन् ।
मंगलवार (आज) आयोगमा दुवै पक्षका नेताहरु आ(आफ्नो अडान नछाडेपछि दल दर्ता सम्बन्धी ऐन लिएर आउनका लागि आयोगले आग्रह गरेको छ ।
दुवै पक्षले विवाद समाधान भन्दा पनि आ(आफ्नो अडानलाई कायम राखेका कारण आयोगले दुवै पक्षलाई आधिकारीकताका लागि पेश गर्न भनेको आयोगको स्रोतले जनाएको छ ।
आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए । भने उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
महन्थ पक्षले आफू पक्षले गठन गरेको कार्यकारिणी समितिलाई वैधानिकता दिएमा मिल्न सकिने अडान राख्दै आइरहेको छ । भने उपेन्द्र पक्षले महन्थ पक्षले आत्मआलोचनासहित समिक्षा गरेर आएमा विवाद समाधान हुने दाबी गर्दै आएको छ । तर दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आइरहेका बेला आयोगले भने दुवै पक्षसँग आधिकारीकता दाबी गर्ने आधार नभएको पत्र यसअघि नै पठाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया