२१ माघ २०७९, शनिवार

बालिकालाई कालोमोसो दलेको अभियोगमा सात पक्राउ

२०७४,आश्विन,२२,आईतवार ०५:१०

9
Shares

विराटनगर, २२ असोज ।बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीहरुले बेलबारी–२को देवीथान डाँडा बस्ने हेमकुमार परियारकी १४ वर्षीया छोरी सम्झनालाई अनुहारमा कालोमोसो दल्नुका साथै ‘यो चोर्नी’ हो भन्ने ट्याग समेत लगाइदिएर सो क्षेत्रमा परिक्रमा गराएका थिए ।गत १९ गते अनिता दनुवारको घरभित्रको खाटमा राखिएको पर्सबाट रु ७०० ती बालिकाले चोरी गरेको आरोप उनीहरुको थियो ।प्रहरीले उक्त घटनाको खबर पाउनासाथ बालिकालाई उद्धार गर्नुका साथै तीनजनालाई पक्राउ गरेको र अनुसन्धानपश्चात् थप चारजनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०५:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ । बिहीबार दुई वटा

सुर्खेत । नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको

काठमाडौं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरसँग सिमाना जोडिएको दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ । पालिकाका योजना कार्यान्वयनका बेला

ताजा समाचार