सप्तरी । ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ ।
राजविराजमा सोमवार आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा भएको सार्वजनिक सुनवाइ कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर रामले स्वास्थ्यमाथि हेल्चेक्र्याइँ र ठगी भइरहेको गुनासो गर्ने उपभोक्ता उजुरी लिएर भने कोही नआउने गरेको भन्दै उजुरीसहित आए कारवाही हुने विश्वास दिलाए । स्थानीय तहले स्वयं पनि बजार अनुगमन गर्न सक्ने रामले बताए ।
संवैधानिकरूपमा प्रत्याभूत मौलिक हक तीनवटै तहको पारस्परिक समन्वयमा हुनुपर्ने तर विशेष चासो स्थानीय तहले लिनुपर्ने भन्दै रामले निजी विद्यालयले झैँ सामुदायिक विद्यालयले समेत वैकल्पिक शिक्षा दिन सक्नुपर्ने बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा राजविराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नीरञ्जनप्रसाद यादवले स्थानीय तहबाट मागअनुरूप आवश्यक बजेट विनियोजन हुन नसक्दा र अनुशासन कमजोर हुँदा इच्छाबमोजिम काम हुन नसकेको स्वीकार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया