काठमाडौं । अविरल वर्षाको कारणले आएको बाढीले भत्काएको सिराहा–धनुषा जोड्ने कमला पुल लुम्बनी विल्डर्स जेभीले मर्मत गर्ने भएको छ ।
सिराहा–धनुषा जोड्ने कमला पुल लुम्बनी विल्डर्स जेभीले आफ्नै खर्चमा मर्मत गर्ने जनाएको छ । सिरहा–धनुषाको सिमानामा बनिरहेको कमला नदीको पुल बाढीले भत्काएको छ । पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको छ ।
भाँसिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई पत्रमार्फत जानकारी गराईसकेको लुम्बिनी विल्डर्स जेभीका प्रमुख बिष्णु प्रसाद शर्माले बताए । पाँच वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बनाउने सहमति भए अनुसार भत्केको भागलाई निर्माण गर्न लागेको उनले जानकारी दिए ।
अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिव १ मिटर बढी पानिको सतह बढेको छ । सञ्चालन नुहँदै पुलको पिलर भाँसिएको छ । ४७० मिटर लामो पुल निर्माणको जिम्मा पप्पु–लुम्बिनी जेभीलाई २०६८ सालमा दिइएको थियो । पछि पुल निर्माणको पूरा जिम्मा लुम्बिनी विल्डर्सलाई दिइएको थियो । ११ मिटर चौडाई रहेको कमला पुल १२ स्पानको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया