७ चैत्र २०७९, मंगलवार

बालिकालाई कालोमोसो दलेको अभियोगमा सात पक्राउ

२०७४,आश्विन,२२,आईतवार ०५:१०

0
Shares

विराटनगर, २२ असोज ।बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीहरुले बेलबारी–२को देवीथान डाँडा बस्ने हेमकुमार परियारकी १४ वर्षीया छोरी सम्झनालाई अनुहारमा कालोमोसो दल्नुका साथै ‘यो चोर्नी’ हो भन्ने ट्याग समेत लगाइदिएर सो क्षेत्रमा परिक्रमा गराएका थिए ।गत १९ गते अनिता दनुवारको घरभित्रको खाटमा राखिएको पर्सबाट रु ७०० ती बालिकाले चोरी गरेको आरोप उनीहरुको थियो ।प्रहरीले उक्त घटनाको खबर पाउनासाथ बालिकालाई उद्धार गर्नुका साथै तीनजनालाई पक्राउ गरेको र अनुसन्धानपश्चात् थप चारजनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०५:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी

काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित विमान अपहरणविरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०