पत्रकारमाथि हमला गर्नेलाई कारबाहीको माग

लोकपथ
63
Shares

ललितपुर । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले कार्यसमिति सदस्य लगायतका पाँच पत्रकारमाथि भएको हमलाको घोर भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

महासङ्घका सचिव रामहरी कार्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पिङ्गलास्थानस्थित प्यारागन पब्लिक स्कुलमा समाचार सङ्कलन गर्न गएका पाँच पत्रकारमाथि व्यवस्थापनबाट भएको आक्रमण र सञ्चार सामग्री तोडफोड गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा पनि सो विद्यालयले विद्यार्थीमाथि मनोमानि हिसाबले शुल्क लिन खोजेको भन्दै अभिभावक आन्दोलनमा रहँदा सोही विषयमा बिहान ११ः३० बजे समाचार सङ्कलनका लागि विद्यालय पुगेका प्राइम टेलिभिजनका दिपक अर्याल र सुन्दरबहादुरु गुरुङ्, एभिन्यूजका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजालमाथि विद्यालय प्रशासनमा कार्यारत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गर्नाका साथै दुवै टेलिभिजनको क्यामरा र बुममा समेत क्षती पु¥याएका घटनाको घोर भत्र्सना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र क्षति पुगेका सञ्चार सामग्रीको क्षतिपुर्ति पनि दिलाउन सम्बन्धित निकायसँग माग गरेको कार्कीद्घारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?