१.देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमाले अध्यक्ष ओलीले दिएको निर्देशन लागू भएन, वरिष्ठ नेता नेपाल पक्षद्वारा हस्ताक्षर फिर्ता लिन अस्वीकार ।
२.प्रतिनिधि सभा विघटन विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दाको बहस आज सकियो, अर्काे पेसी असार २८ गते ।
३. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन, आयोजनाको लागत झण्डै ८० अर्ब ।
४.राष्ट्रपति र प्रधानमन्त्री मिलेर देशलाई प्रतिगमनको बाटोमा धकेलेको माओवादी नेता नारायणकाजी श्रेष्ठको आरोप, प्रतिगमन परास्त गर्ने दाबी
५.बाग्मती प्रदेश सभाको बैठक विपक्षी दलद्वारा आज पनि अवरुद्ध, विपक्षी दलको अवरोधले बजेटमाथिको छलफल अघि बढ्न सकेन् ।
६.राष्ट्रिय सभा बैठकमा सांसदद्वारा देशको समसामयिक विषयमा ध्यानाकर्षण,सरकारी वेवसाइटमा राखिएको नेपालको पुरानो नक्सा सच्याउन सांसद खिमलाल देवकोटाको माग,
७.रोकिएको कक्षा १२ को परीक्षा साउन तेस्रो सातादेखि संचालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, बिद्यार्थीले ढुक्क भएर तयारी गर्न सक्ने बोर्डको भनाई ।
८. नेपाली सेनाले नेपाल प्रहरीलाई ३ सय थान हतियार दियो,प्रहरीको क्षमता बृद्धिमा सहयोग पुग्ने सेनाको विश्वास ।
९.प्रतिनिधि सभा विघटन विरुद्ध विपक्षी विद्यार्थी संगठनद्वारा काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन,राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न सुझाव
१०.सोमबार नेपालमा कोरोनाका २६ सय २२ जना नयाँ संक्रमित थपिए, पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु ।
११.निर्वाचन आयोगद्वारा कार्तिक २६ र मंसिर ३ गते हुने मध्यावधि निर्वाचनका लागि दल दर्ता आब्हन,अन्तिम मतदाता नामावली भदौ २३ मा प्रकाशित हुने ।
१२.नेपाली शेयर बजार ओरालो लाग्दै, नेप्से परिसूचक आज दोहोरो अंकले घट्यो, कारोबार रकम साँढे ४ अर्बमा सीमित ।
१३. चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिण एशियाका शीर्ष नेताहरुसँग छलफल गर्ने,प्रधानमन्त्री ओली सहित नेपालका नेताहरुसँग भोली छलफल हुने ।
१४.म्यानमारमा सेनाको ज्यादती, गत फेब्रुअरी यता ८ सय ९० जना सर्वसाधारण मारिए, सेनाको ज्यादतीको विश्वका विभिन्न मुलुकद्वारा विरोध
१५.नेपालले सहभागिता जनाउने यस वर्षको एएफसी फुटसल एशियन छनौट प्रतियोगिता स¥यो,अव प्रतियोगिता अर्काे वर्ष हुने ।
https://www.facebook.com/lokpath/videos/1164751687335114
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया