काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक किचलो समाधानका लागि गठित कार्यदल पुनः ब्यूतिएको छ ।
गत जेठ २ गते पार्टी विवाद समाधानका लागि भन्दै गठन गरिएको कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५ जना गरि १० जनाको सहभागीता रहेको छ ।
ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन् । भने नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन् ।
उक्त कार्यदलको बैठक गत जेठ ७ गतेयता बस्न सकेको छैन । दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफलमा जुटेपनि आज कार्यदलमार्फत नै बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
यसअघि आइतवार अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलबीच कुराकानी भएको थियो । भेटघाटको क्रममा पार्टी एकता सुदृढ बनाउनका लागि कार्यदलमार्फत अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया