काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलिले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभमागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदै व्यंयात्मक कविता बाचन गरेकी छिन् ।
राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताइन् । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उनले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भईकन जनतालाई जलस्रोतसंग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बताइन् ।
उनले भनिन्, “यो बेलामा राष्ट्रका सबै शक्तिहरु एकठाउँमा उभिनु पर्देन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घरब बनाउने न अर्काको घर बन्न दिने ? न अरुलाई गर्न दिने न आफुले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको सम्मृद्धि कसरी हुन्छ ?”े
उनले आफुले पनि नगर्ने र अर्कालाईपनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरुमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना ’ शिर्षकको कविता वाचन गरे ।
उनको कविता यस्तो थियो…
“बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
ईष्र्याको भट्टीमा आफैलाई भुटेका छन् ,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।
आखिर बाँदर न हुन् ,
भोलीको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको…
बाँदरहरु खेती गर्देनन्, बाली बिनास गर्छन् ।
कहिले ढेडुहरुसंग मिल्छन् कहिले गोईलानहरुसंग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरु
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन ।”
https://www.facebook.com/lokpath/videos/923749554838025
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया