काठमाडौं । धारिलो हतियार प्रहार गरि हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएका २० वर्षीय जितेन्द्र साहको धारिलो हतियार चक्कु प्रहार गरि हत्या गरेको अभियोगमा २ जनालाई सोमवार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् ।
चन्द्रागिरी नगरपालिका-३ थानकोटमा आइतवार राति गोपालि समेतका ३ जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साहको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरी नगरपालिका-३ थानकोट र तामाङलाई सोही नगरापालिका-१ दहचोकबाट फेला पारि प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरु उपर कर्तव्य ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया