कलाकार शिशिर राणा बैकिङ्ग कसुरमा पक्राउ

लोकपथ
1.1k
Shares

काठमाडौं । कलाकार शिशिर शमशेर जवरा बैकिङ्ग कसुर आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को टोलीले शिशिरलाई बैकिङ्ग कसुरको आरोपमा काठमाडौंको बिजुली बजारबाट पक्राउ हो ।

जवराविरुद्ध बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले २०७७ पुस २६ गते १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। तर उनी फरार रहेका थिए ।

२०७६ सालमा शिशिरले घर व्यवहार चलाउन तथा व्यबसायमा लगानी गर्नको लागि रकम लिएका थिए । तर रकम फिर्ता गर्ने बेलामा पर्याप्त रकम नभएको चेक दिएपछि उनीविरुद्ध उजुरी परेको थियो व्यूरोका एसपी श्याम कुमार महतोले जानकारी दिए।

उनले त्यतिखेर ४५ लाख रुपैयाँको चेक काटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?