प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दैमा, २८ गते फैसला आउन सक्ने

लोकपथ
385
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा असार २८ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

आज सर्वोच्चको संवैधानिक इजलासमा ४ जना एमिकस क्यूरीको बहसपछि २८ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

आजको बहसपछि मुद्दालाई असार २८ गतेसम्म हेर्दाहेर्दै राखिएको र सोही दिननै फैसला आउनसक्ने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

“आज एमिकस क्यूरीको तर्फबाट ४ जनाको रायपछि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दालाई असार २८ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ । २८ गते नै फैसला आउन सक्ने सम्भावना पनि त्यतिकै प्रवल देखिन्छ ।” अधिवक्ता पौडेलले लोकपथसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?