काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २७ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
११ हजार ५ सय २७ परीक्षणमध्ये पीसीआर विधिवाट ७ हजार ४ सय ९९ र एन्टीजेन विधिबाट ४ हजार २८ जनाको कोरोना परिक्षण भएको मन्त्रालयले बताएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार २ सय ४८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ ।
यस्तै पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया