इजलासमा एमिकस क्यूरी वैद्यको प्रश्न- ‘विश्वासको मत नपाएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने हो ?’

लोकपथ
238
Shares

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गर्नु नै असंवैधानिक रहेको कुरा उठेको छ ।

आज एमिकस क्यूरीको तर्फबाट राय प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले विश्वासको मत गुमाएको व्यक्तिलाई प्रधानमन्त्री नियक्त नगरि राष्ट्रपतिले संविधानको रक्षा गर्नुपर्ने जिकिर गरेका छन् । साथै विश्वासको मत नपाएको व्यक्तिलाई विश्वासको मत पाएनौँ घर जाउ भन्नुपर्ने जिकिर गरेका छन् ।

बहस गर्दै उनले भने- “वैशाख २७ गते विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो ? संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपतिले खोज्नुपर्दैन ?” उनले भने, “पदमुक्त भएका व्यक्तिलाई फेरि प्रधानमन्त्री नियुक्त गरिएको नियुक्ती नै ठिक छैन । विश्वासको मत पाएनौँ भने घर जाउ भनेको हो । फेरि पद दाबी गर, दलको नेताको रुपमा सत्तामा बस भनेको होइन । ”

साथै ओलीलाई वैशाख ३० गते ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गरिएको बताउँदै त्यसबेला समेत ठूलो दलको नेताले विश्वासको मत प्राप्त गर्न नसकेको जिकिर गरे ।

“प्रतिनिधि सभामा ठूलो दलको नेताको हैसियतले नियुक्त गरियो । उहाँ वैशाख ३० गतेमात्र संसदीय दलको नेता भएको हो र ? जतिबेला संसदमा विश्वासको मत आर्जन गर्नुभएन, त्यतिबेला नै एमाले संसदीय दलको नेता हुनुहुन्थ्यो ।” उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?